काठमाडौँ । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले पाँच दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको हो ।
सरोकारवाला निकायहरुसँग छलफलपछि पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो । बन्दको निर्णयसँगै आज सूचना जारी भएपछि सप्तकोशी नगरपालिकास्थित सात आधारभूत विद्यालय र चार माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको नगर शिक्षा समितिले जनाएको छ ।
समितिले मङ्गलबारको मौसमपछि फेरि के गर्ने भन्ने विषयमा पछि छलफल गर्ने शिक्षा शाखा प्रमुख रामदेव चौधरीले बताउनुभयो । चिसो बढेपछि जिल्लाको विभिन्न स्थानमा काठ दाउरा बालिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ पुस २०७६, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन
विद्यालयमा १५ दिन बिदा कटौती