चितवन ट्राफिकको गुनासो– ५५ जनाले कसरी जिल्ला धान्ने ?

विहीबार, ०३ पुस २०७६, १७ : ५५
चितवन ट्राफिकको गुनासो– ५५ जनाले कसरी जिल्ला धान्ने ?

चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले जनशक्तिको अभावका कारण सोचेजसरी काम गर्न नसकेको जनाएको छ । 

आज जिल्ला प्रशासन कार्यालय भरतपुरमा भएको समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा भएको छलफलमा चितवन ट्राफिक कार्यालयका प्रमुख चन्द्रकुमार गिरीले जम्मा ५५ जना ट्राफिक प्रहरीले ७ स्थानीय तह रहेको जिल्ला कसरी धान्ने ? भनी प्रश्न गरेका थिए ।

छलफलमा उनले भने, ‘५५ जनामा पनि कोही विशेष कारणले बिदा बसिरहेको हुन्छन्, केही विशेष कामले जिल्ला बाहिर जानुपर्छ, दैनिक काम गर्ने त ४५\५० जना नै हो, यसरी कतिञ्जेल सकिन्छ ? 

उनका अनुसार हाल जिल्लाभरि ट्राफिक प्रहरीको दरबन्दी ३१ छ जनामात्र छ, काजमा आएका सहित ५५ पुगेका हुन् । ट्राफिक जनशक्तिको अभावले पनि जिल्लामा दुर्घटना बढेको उनको भनाइ छ । 

‘साधन र सडक प्रयोगकर्ताको चापलाई व्यवस्थित गर्ने हो भने कम्तीमा ४० ट्राफिक जनशक्ति तत्काल थप्नुपर्ने आवश्यक देखिन्छ’ प्रमुख गिरीले भने ।  
 

प्रतिक्रिया दिनुहोस