जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०७६, १२ : १८
जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिनबहादुर श्रेष्ठ रहेका छन् ।

बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको  एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घटना भएको उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीले जानकारी दिए । 

घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको र तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ ।