काठमाडौं । सरकारले विदेश जाने युवाहरुलाई सीपयुक्त बनाउने बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सीपयुक्त बनाएर मात्र पठाउने तयारी सरकारले गरेको बताएका छन् । सीप सिकेर जाँदा मात्र राम्रो आम्दानी गर्न सक्ने भएकाले सरकारले त्यस्तो योजना बनाएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार २०१९ को अवसरमा नेपालस्थित अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै उनले आगामी दिनमा विदेश जाने युवाहरुलाई सरकारले सीप सिकाउनुको साथै विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई मुलुकमै राख्ने व्यवस्था गर्ने बताए ।
‘विदेशबाट फर्किएर आउँदा युवाको हातमा सीप हुन्छ’, उनले भने, ‘सो सीप मुलुकमा प्रयोग गरून् भन्ने उद्देश्यले युवाहरुलाई मुलुकमै बस्ने व्यवस्था गर्नुपर्ने दायित्व सरकारको छ ।’ उनले विभिन्न मुलुकहरुसँग श्रम सम्झौता आवश्यक भएको बताए । ‘विदेशमा काम गर्न जाने युवाहरुबाट कुनै पनि रकम लिनुहुँदैन सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्छ’, उनले भने, ‘त्यसैले गर्दा नेपाली युवाहरु कामका लागि जाने विभिन्न मुलुकसँग श्रम सम्झौता आवश्यक छ ।’
आईओएमको नेपाल प्रतिनिधि लेरिना ल्यान्डेले वैदेशिक रोजगारीले कुनै पनि मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने बताइन् । आर्थिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०३ पुस २०७६, ०८ : ५१
लेखकबाट थप