कास्की । पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।
बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । ‘‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्’’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ अधिकारीले भन्नुभयो । मौसम सफा नहुँदा आज पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०२ पुस २०७६, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार