एयरलाइन्सको कार्यालयमा विदेशी कर्मचारी नियुक्तिमा कडाई

पत्रपत्रिकाबाट

बुधबार, ०२ पुस २०७६, ०८ : ३७
एयरलाइन्सको कार्यालयमा विदेशी कर्मचारी नियुक्तिमा कडाई

file photo

काठमाडौं । नेपालस्थित विदेशी एयरलाइन्सको कार्यालयमा विदेशी कर्मचारी नियुक्तिमा कडाइ गरिएको छ । अहिलेसम्म जुनसुकै एयरलाइन्सले नेपालको कार्यालयमा आफूखुसी विदेशी कर्मचारी नियुक्ति गर्दै आएकामा अब भने नियुक्त गरिने कर्मचारीको नियुक्ति गर्नुअघि सुरक्षा पृष्ठभूमि प्रचलित कानुनबमोजिम जाँच गराउनुपर्नेछ ।

सुरक्षा जाँचको रिपोर्ट नेपाल सरकारले समेत हेर्ने बताइएको छ । विदेशी कर्मचारीको कारण नेपालको विमानस्थलमा खतरा बढ्ने आशंका गर्दै सरकारले ‘नागरिक उड्डयन सुरक्षा नियमावली–२०७३’ लाई पहिलो पटक संशोधन गर्दै विदेशी कर्मचारी नियुक्तिमा कडाइ गरेको हो । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस