काठमाडौं । विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६÷७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो । जसमध्ये १ हजार ४ सय ४० जना मात्रै फेला परेका छन् ।
हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै रहने गरेको तथ्यांक देखाउँछ । तथ्यांकअनुसार १५ महिनाको अवधिमा १ हजार ६७ जना बालक हराएकामा सोही अवधिमा २ हजार ३ सय ५१ जना बालिका अर्थात् छोरी हराएका हुन् । हराएका बालबालिकामध्ये १५ महिने अवधिमा ४ सय ३४ जना बालक (छोरा) फेला परेका छन् भने १ हजार ६ जना बालिका (छोरी) फेला परेका छन् । हराएका मध्ये कुल १ हजार ४ सय ४० जना मात्रै भेटिएका हुन् ।
हराएकामध्ये १ हजार ९ सय ७८ जना भने भेटिएका छैनन् । नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउने भन्दा भेटिनेको संख्या कम देखिएको बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ पुस २०७६, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
निर्दोष बालबालिका पनि कारागारमा