पूर्वसभासद ढुङेलको निधन

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, १७ : २६
पूर्वसभासद ढुङेलको निधन

भक्तपुर । पूर्वसभासद रामेश्वर ढुङेलको निधन भएको छ ।

२०७० सालको संविधान सभाको निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट  निर्वाचित ६१ वर्षीय ढुङेलको मंगलबार दिउँसो निधन भएको हो ।

मस्तिष्क पक्षघात भएका उनको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा  केही दिन यता उपचार भइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस