काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा अर्केको नाममा गरिदिने सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले सरकारी जग्गा व्यक्तिका नाममा गर्ने मालपोत कार्यालय धादिङका तत्कालीन अधिकृत कुशध्वज खत्रीसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
अख्तियारले मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत खत्रीसहित नासु शम्भुनारायण राजभण्डारी, नासु अनन्तराज सत्याल, नापी कार्यालय धादिङका तत्कालीन सर्वेक्षक विश्वकुमार बस्नेत, अमिन भीमप्रसाद श्रेष्ठ, जग्गाधनी नानु अधिकारी र अशोक अधिकारीविरुद्घ मुद्दा दायर गरेको छ।
मालपोत कार्यालय धादिङका कर्मचारीहरूसमेतको मिलेमतोमा मलेखु, धादिङ कालु पाण्डे सडकमा जोडिएको धादिङ जिल्ला साविक मुरलीभञ्ज्याङ गाविस वडा नं २ ङ कित्ता नं ७७९ को जग्गामा अमरावती सामुदायिक वनको जग्गा घुसाई ठूलो धनराशी खर्च गरी उक्त कित्ताको क्षेत्रफल पाँच दोब्बर बढाएको भनी उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान हुँदा मालपोत कर्मचारी र जग्गाधनी समेतका व्यक्तिहरुको मिलेमतो र संलग्नतामा सरकारी श्रेस्ता गैरकानुनी रुपमा सच्याइ, नक्सासमेत बढाई सरकारी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्तिविशेषलाई गैरकानुनी लाभ पुर्याउने काम भएको अख्तियारको ठहर छ।
उनीहरुले भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले कर्मचारी तथा व्यक्तिलाई सजायको मागदाबी विशेष आदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
९ लाख ४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ। जग्गा धनी नानु अधिकारी र अशोक अधिकारीसँग पनि त्यति नै रकम बिगो दाबी गरिएको छ।
नापी कार्यालय धादिङका सर्वेक्षक विश्वकुमार बस्नेत तथा जग्गाधनीका श्रीमान् अशोक अधिकारीको हकमा ३ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भ्रष्टाचार आरोपमा नौ जनाविरुद्ध मुद्दा
मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५१ करोडको मुद्दा दायर
सुशासनको निम्ति सबैभन्दा पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ : श्रीकृष्णप्रसाद अधिकारी
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा