भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल सकियो, अब को आउला नेपाल ?

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, १२ : ४४
भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल सकियो, अब को आउला नेपाल ?

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल सकिएको छ । तीनवर्षे कार्यकाल पूरा गरी उनी बिदाइ हुन लागेका हुन् ।

आज मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । यसअघि आइतबार उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् । 
तर पुरी १५ पुसमा स्वदेश फिर्ता हुने बताइएको छ ।

अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन ।

नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस