चितवन । दुइ वटा ट्रक ठोक्किदा पुर्विचितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कंकाइ नगरपालिका १ का ४० वर्षीय अर्जुन जोगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पुर्वि चितवनको राप्ती नगरपालिका १ लोथरस्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ गाईरहेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरित दिसातर्फबाट गाइरहेको ना ६ ख ७९६७ नम्बरको ट्रक आज विहान साढे ७ बढे आपसमा ठोक्किदा लोप्चनसहित ४ जना घाईते भएका थिए ।
ना ६ ख ७९६७ नम्बरको ट्रकका चालक जोगीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा विहान ८ः २५ बजे मृत्यु भएको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए । सोहि ट्रकका सहचालक मोरङका २० वर्षीय प्रज्वल ब्रदेवान, ना ५ ख ८७४३ नम्बरको ट्रकका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका १४ का २६ वर्षीय विर बहादुर लोप्चन र सहचालक मकवानपुर बाग्मती गाँउपालिका १ का २० वर्षीय सोम बहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जनाइएको छ । उनिहरु तिनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० मंसिर २०७६, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु