चितवन । दुइ वटा ट्रक ठोक्किदा पुर्विचितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कंकाइ नगरपालिका १ का ४० वर्षीय अर्जुन जोगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पुर्वि चितवनको राप्ती नगरपालिका १ लोथरस्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ गाईरहेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरित दिसातर्फबाट गाइरहेको ना ६ ख ७९६७ नम्बरको ट्रक आज विहान साढे ७ बढे आपसमा ठोक्किदा लोप्चनसहित ४ जना घाईते भएका थिए ।
ना ६ ख ७९६७ नम्बरको ट्रकका चालक जोगीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा विहान ८ः २५ बजे मृत्यु भएको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए । सोहि ट्रकका सहचालक मोरङका २० वर्षीय प्रज्वल ब्रदेवान, ना ५ ख ८७४३ नम्बरको ट्रकका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका १४ का २६ वर्षीय विर बहादुर लोप्चन र सहचालक मकवानपुर बाग्मती गाँउपालिका १ का २० वर्षीय सोम बहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जनाइएको छ । उनिहरु तिनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० मंसिर २०७६, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु