सरकारले जारी गरेको नयाँ शिक्षा नीतिमा निजी विद्यालयलाई फाइदैफाइदा

पत्रपत्रिकाबाट

सोमबार, ३० मंसिर २०७६, ०७ : ०६
सरकारले जारी गरेको नयाँ शिक्षा नीतिमा निजी विद्यालयलाई फाइदैफाइदा

काठमाडौँ । सरकारले जारी गरेको शिक्षा नीतिमा निजी विद्यालयलाई फाइदैफाइदा हुने भएको छ ।

सरकारले नीति जारी गर्नुअगावै विभिन्न निकायमा दबाब दिन थालेका निजी विद्यालय सञ्चालकले नीतिमा आफूहरुको जीत भएको बताउन थालेका छन् । 

शुक्रबार र शनिबार सम्पन्न प्याब्सन केन्द्रीय समितिको बैठकमा प्याब्सनका अधिकांश पदाधिकारीले प्याब्सनको जीत भएको बताएको खबर नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

संखुवासभामा सम्पन्न बैठकमा प्याब्सन अधिकारीलगायतका पदाधिकारीले निजी विद्यालयको योगदानलाई सरकारले सम्बोधन गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस