मेलम्ची । दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा२ख ४४६८ नंको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्रै सनाखत भएको छ । दोलखा भीमेश्वरी नगरपालिका–४ की ३६ वर्षीया जुना तामाङको सनाखत भएको छ ।
लामोसाँघु जिरी सडकखण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो । घाइते दीपक तामाङले ब्रेक फेल भएर दुर्घटना भएको जानकारी दिनुभयो ।
दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । शनिबार भक्तपुरबाट रिजर्भ गएको बस बेलुकी कालीञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरुले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ मंसिर २०७६, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु