काठमाडौ । प्रदेश नं ५ अन्र्तगत रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ । हिमपातकै कारण लामो समयसम्म पत्थरमात्र देखिने हिमाल सेतै देखिएका छन् । चिसोका कारण जनजीवन भने प्रभावित बनेको छ । बिहीबार जिल्लाको उच्च हिमाली क्षेत्रमा भएको हिमपात शुक्रबार लेकाली बस्तीसम्म पुगेको छ ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश ठाउँमा हिउँ परेको छ । त्यसैगरी भूमे गाउँपालिकाको हिरछेडा (पातीहाल्ने), रिगल, तिलाचन, नोगोपो, चौरी, राङ्ज्यू, पञ्चासे, काँक्री सिद्धगुफा, बोप्पलेकलगायत आदि क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी सिस्ने गाउँपालिकाका वडा नं १ ठूलोसिस्ने, वडा नं २ को प्वाङ बस्तीको माथिल्लो क्षेत्र र दादिङको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै नागरिकलाई दैनिक कामकाज गर्नुका साथै बाहिर निस्कनसमेत समस्या भएको छ ।
हिमपात र चिसोकै कारण पशुचौपायलाई पनि समस्या भएको छ । उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएपछि पशुचौपायको चरण क्षेत्र अभाव भएको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १ का सुमन घर्तीले बताउनुभयो ।
हिमपातसँगै रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल देखिने बित्तिकै फोनले काम गर्न छाड्छ । फोनले काम गर्न छाडेपछि जिल्लामा हिमपात भइरहेको बेलामा कहाँ के भइरहेको छ भन्ने कुराको जानकारी लिन र दिनसमेत समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ मंसिर २०७६, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमपातले किसानलाई राहत
ढोरपाटनमा भारी हिमपात
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
रुकुम पूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध