काठमाडौ । प्रदेश नं ५ अन्र्तगत रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ । हिमपातकै कारण लामो समयसम्म पत्थरमात्र देखिने हिमाल सेतै देखिएका छन् । चिसोका कारण जनजीवन भने प्रभावित बनेको छ । बिहीबार जिल्लाको उच्च हिमाली क्षेत्रमा भएको हिमपात शुक्रबार लेकाली बस्तीसम्म पुगेको छ ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश ठाउँमा हिउँ परेको छ । त्यसैगरी भूमे गाउँपालिकाको हिरछेडा (पातीहाल्ने), रिगल, तिलाचन, नोगोपो, चौरी, राङ्ज्यू, पञ्चासे, काँक्री सिद्धगुफा, बोप्पलेकलगायत आदि क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी सिस्ने गाउँपालिकाका वडा नं १ ठूलोसिस्ने, वडा नं २ को प्वाङ बस्तीको माथिल्लो क्षेत्र र दादिङको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै नागरिकलाई दैनिक कामकाज गर्नुका साथै बाहिर निस्कनसमेत समस्या भएको छ ।
हिमपात र चिसोकै कारण पशुचौपायलाई पनि समस्या भएको छ । उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएपछि पशुचौपायको चरण क्षेत्र अभाव भएको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १ का सुमन घर्तीले बताउनुभयो ।
हिमपातसँगै रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल देखिने बित्तिकै फोनले काम गर्न छाड्छ । फोनले काम गर्न छाडेपछि जिल्लामा हिमपात भइरहेको बेलामा कहाँ के भइरहेको छ भन्ने कुराको जानकारी लिन र दिनसमेत समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ मंसिर २०७६, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत