काठमाडौ । हिमाली जिल्ला ताप्लेजुङमा हिमपात शुरु भएको छ । आज दिउँसो सामान्य वर्षासँगै हिमपात शुरु भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् ।
हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ । दुई हजार ५०० मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोका कारण बढी प्रभावमा परेका छन् भने सामान्यतया जिल्लाभर नै तुलनात्मकरूपमा चिसो बढेको स्थानीयवासीको भनाइ छ ।
पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिउँ परेको अस्थायी प्रहरी चौकी फेदीका इन्चार्ज धनराज तुम्बापो लिम्बूले जानकारी दिनुभयो । पाथीभरा मन्दिर तीन हजार ७९४ मिटरको उचाइमा पर्छ । उहाँका अनुसार आज दिउँसोदेखि नै हल्का वर्षासहित पाथीभरा क्षेत्रमा हिउँ परेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ मंसिर २०७६, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत
मनाङको माथिल्लो भेगमा हिमपात भएपछि किसान खुसी
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
ढोरपाटन क्षेत्रमा बाक्लो हिमपात