जाजरकोट । हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ ।
डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।
हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताउनुभयो । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उहाँले बताउनुभयो । साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उहाँको भनाइ छ । विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन् ।
त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताउनुभयो ।
हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिनुभयो । डोल्पामा दुई शैक्षिक शत्र शुरु हुने गरेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ मंसिर २०७६, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
चैतको हिउँले सेताम्मे बन्यो खुम्बु क्षेत्र
मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः मरे ६ लाख ६७ हजारभन्दा बढी पशु
बाजुरामा वर्षासँगै पुनः हिमपात
भारी हिमपात र आँधी चले पछि क्यालिफोर्नियामा आपतकाल घोषणा
हुम्लामा पुनः हिमपात