काठमाडौँ । म्यानमारकी नेत्री आङ साङ सुकीले सन् २०१७ अगस्टपछि रखाइन राज्यमा सुरक्षाकर्मीले अल्पसंख्यक रोहिंग्या मुसलमानविरुछ आम नरसंहार गरेको आरोप अस्वीकार गरेकी छिन् ।
नेदरल्याण्डको हेगस्थित इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) मा सम्बोधन गर्दै म्यानमारकी प्रजातन्त्रवादी नेत्री तथा राज्य सल्लाहकार सुकीले लाखौं रोहिंग्या मुस्लिम रखाइन राज्य छाड्न देशभित्रको आन्तरिक सशस्त्र द्वन्द्वका कारण बाध्य भएको बताइन् ।
सुकीले म्यानमारका सुरक्षा निकायले हिंसाका क्रममा असमानुपातिक किसिमले बल प्रयोग गरेको हुनसक्ने भने स्वीकार गरिन् । तर त्यसमा नरसंहारको उद्देश्य नरहेको उनको भनाइ थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २७ मंसिर २०७६, ०८ : १८
लेखकबाट थप