पत्रकार महासंघ चितवनले १५ लाखको अक्षय कोष स्थापना गर्ने

विहीबार, २६ मंसिर २०७६, १८ : ५०
पत्रकार महासंघ चितवनले १५ लाखको अक्षय कोष स्थापना गर्ने

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले रु १५ लाख बराबरको पत्रकार कल्याणकारी अक्षय कोष स्थापना गर्ने भएको छ । जसका लागि आज यहाँ जात्रैजात्रा फिल्मको च्यारिटी सो गरिएको छ ।
शाखाका अध्यक्ष राधेश्याम खतिवडाका अनुसार च्यारिटी सो को टिकट बिक्रि र दाताको सहयोगमा रु १० लाख हाराहारी संकलन गरिएको छ ।  थप रकम जुटाएर रु १५ लाखको अक्षयकोष खडा गरिने उहाँले बताउनुभयो ।

सो रकमलाई मूल धन खर्च नगर्ने गरी बैंकमा जम्मा गरिने छ । त्यसबाट प्राप्त व्याजलाई पत्रकारहरु आपत, बिपत र दुःखमा पर्दा सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।

दुःखमा परेका पत्रकारहरुलाई संस्थागत अभिभाबकत्व महशुस गराउन र दुःख, बिमार हुँदा सार्बजनीक रुपमा सहयोग जुटाउँदै हिड्नुपर्ने बाध्यता अन्त्यका लागि महासंघले यो कोष खडा गर्न लागेको स्थापना गरेको खतिवडाले बताउनुभयो ।

कोषलाई व्यवस्थित रुपमा संञ्चालनका लागि पत्रकार कल्याणकारी कोष संञ्चालन तथा व्यबस्थापन कार्यबिधि तयार गरिने र सोही कार्यबिधि अनुसार पत्रकार महासंघले आगामी दिनमा सहयोग गर्नेछ ।
शखामा २ सय ३७ जना सदस्य रहेका छन् ।

स्थानीय सञ्चार माध्यम वढ्दै गएको र राजधानीबाट संञ्चालन हुने ठूला संञ्चार गृहहरुको कार्यालय तथा सम्बाददाता यस जिल्लामा भएकाले पत्रकारहरुको संख्या बढ्दै गएको छ ।
जिल्लामा २१ वटा एफ एम रेडीयो, ६ वटा दैनिक, १३ वटा साप्ताहीक पत्रिका, ४ वटा टेलिभिजन, ११ वटा अनलाईन संञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस