काठमाडौं । बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन ।
किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।
धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिनुभयो । सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ मंसिर २०७६, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा