स्वर्ण पदक जित्ने खेलाडीले जनही ९ लाख पाउने, अरुलाई कति ?

सफल खबर संवाददाता

बुधबार, २५ मंसिर २०७६, १६ : २७
स्वर्ण पदक जित्ने खेलाडीले जनही ९ लाख पाउने, अरुलाई कति ?

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।

त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले जानकारी दिए । 

नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस