काठमाडौँ । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताउनुभयो ।
सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ । मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ मंसिर २०७६, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत
मनाङको माथिल्लो भेगमा हिमपात भएपछि किसान खुसी
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
ढोरपाटन क्षेत्रमा बाक्लो हिमपात