प्रेममा धोका पाएको भन्दै प्रेमीको गुप्तांग काटियो

पत्रपत्रिकाबाट

बुधबार, २५ मंसिर २०७६, ०७ : ४१
प्रेममा धोका पाएको भन्दै प्रेमीको गुप्तांग  काटियो

काठमाडौं  । राजधानीको बौद्धमा एक युवतीले प्रेममा धोका पाएको भन्दै प्रेमीको गुप्तांग (लिंग) काटिदिएकी छिन्।  महानगरीय प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेश सिंहका अनुसार १९ वर्षीया युवतीले २१ वर्षीया सुनुवार थरका व्यक्तिको लिंग काटिदिएकी हुन्। 

घाइते सुनुवारको ओम अस्पतालमा आईसीयूमा भर्ना भएर उपचार गराइरहेका छन्।  घाइते सुनुवार एक होटलमा काम गर्ने कर्मचारी हुन्।  एक वर्षदेखिको प्रेममा धोका पाएको भन्दै यस्तो हर्कत अपनाएको युवतीले प्रहरीसँग बयान दिएकी छिन्। डीएसपी सिंहका अनुसार युवतीले प्रयोग गरेको चक्कु बरामद भएको छ। युवतीमाथि ज्यान मार्ने उद्योगमा मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको जानकारी सिंहले दिए। उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा प्रेममा धोका पाएपछि युवतीले यस्तो हर्कत देखाएको देखिन्छ। हामी थप अनुसन्धान गर्दैछौं।’  अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस