सुरुङ्ग बन्न हुने भयो ढिलाइ

पत्रपत्रिकाबाट

बुधबार, २५ मंसिर २०७६, ०७ : ०१
सुरुङ्ग बन्न  हुने भयो ढिलाइ

काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै सुरु हुने भएको छ । ५ दशमलव ७ किलोमिटर को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया सुरु भएपनि २ दशमलव ६८ किमी सुरुङमार्ग निर्माण भने आगामी चैतपछि मात्रै हुने भएको हो ।

सुरुङमार्ग निर्माणका लागि चाहिने विस्फोटक पदार्थको स्वीकृति लिनुपर्ने र निर्माण उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले सुरुङ खन्ने काम सुरु गर्न अझै ३/४ महिना लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए ।  आर्थिक अभियानमा खबर छ

प्रतिक्रिया दिनुहोस