तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेको अन्नपापत, भाँडावर्तनलगायतका सामग्री जल्दा रु एक लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । उहाँका अनुसार आगो बिहान २ः०० बजेतिर नियन्त्रणमा लिइएको थियो । दाङमा प्रायः खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ । फुसले छाएका घरहरु हटाउने अभियानमा यहाँका जनप्रतिनिधि क्रियाशील रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २४ मंसिर २०७६, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि