गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिइँदै

पत्रपत्रिकाबाट

सोमबार, २३ मंसिर २०७६, ०७ : ३१
गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिइँदै

काठमाडौं  । गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिइँदै भन्ने समाचार  नँया पत्रिका दैनिकमा छ । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ ।

विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ । संसद्मा दर्ता भइसकेको नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा गुप्तचरमा व्यापक परिवर्तन लागिएको हो ।

विभागलाई बलियो बनाउन प्रधानमन्त्री तथा मुख्यसचिवको नेतृत्वमा दुई समितिको हुनेछन् । छिमेकी देश भारतमा पनि यो अधिकार विवाददित बन्दै आएको छ । भारतमा अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन गर्ने सिबिआई, आइबी, दिल्ली पुलिस, डिआईलगायतलाई यस्तो अधिकार छ । तर, अनुसन्धान अधिकारीहरुले यो सुविधाको दुरुपयोग गरेको भन्दै विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस