लोकमानको पालाका ‘गुप्तचर’ अझै अख्तियारमा

पत्रपत्रिकाबाट

आइतबार, २२ मंसिर २०७६, ०८ : ०७
लोकमानको पालाका ‘गुप्तचर’ अझै अख्तियारमा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग मातहतका कार्यलयका सबै कर्मचारी दुई-दुई वर्षको कार्यकाल सकी फिर्ता भइसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरु अहिलेसम्म गएका छैनन् ।

उनीहरु अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीको पालादेखि अख्तियारमा डगमगाएर बसिरहेको बुझिएको छ । ‘कर्मचारीलाई राहत होस् भन्दै तलबबाहेक अन्य सेवा सुविधा आउने कार्यालयमा ६/६ महिनामा फर्किने गरी कर्मचारी खटाउन गुप्चचरभित्र आचारसंहिता नै बनाइएको छ,’ स्रोतले भन्यो, ‘तर चिफ सापहरुसामु यस्ता आचारसंहिताको अनुगमन हुने कुरै भएन । यस्ता कार्यालयमा आफ्नालाई नै बढी जोड दिइन्छ ।’

आयोगमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरु पठाउने चलन छ । यो समाचार नेपाल समाचारपत्रमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस