नेपालमा दक्षिण एसियाकै पहिलो ‘स्काई वाक टावर’

पत्रपत्रिकाबाट

आइतबार, २२ मंसिर २०७६, ०७ : ५८
नेपालमा दक्षिण एसियाकै पहिलो ‘स्काई वाक टावर’

काठमाडौँ । काठमाडौँको कमलादीमा दक्षिण एसियाकै पहिलो नमुना ‘स्काई वाक टावर’ (आकाशमार्गमा हिँड्ने टावर) निर्माण हुने भएको छ । सो टावर कूल २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको खबर राजधानी दैनिकमा छापिएको छ । 

आगामी १८ महिनाभित्र सञ्चालनमा आउने गरी निर्माण हुने यस टावर जमिनबाट कुल ७८ मिटर माथिको उचाइमा बन्नेछ । बाहिरबाट हेर्दा पुरै सिसैसिसाले बनेको जस्तो देखिने यस आकर्षक टावरमा हाल देखिएको जमिनको सतहबाट ६८ मिटरमाथि पुगेपछि सय जनालाई एकैपटक खाना खुवाउन मिल्ने रेस्टुरेन्ट र सभाहल हुनेछ ।

प्रतिक्रिया दिनुहोस