अक्षय कुमारले दिए भारतीय पासपोर्टको लागि आवेदन

एजेन्सी

शनिबार, २१ मंसिर २०७६, १२ : १०
अक्षय कुमारले दिए भारतीय पासपोर्टको लागि आवेदन

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले क्यानेडियन नागरिकता त्यागेर भारतीय पासपोर्टको लागि आवेदन दिएका छन् । उनले सर्वत्र विरोधपछि भारतीय पासपोर्टको लागि आवेदन दिएका हुन् । 

उनले शुक्रबार हिन्दुस्तान टाइम्सको एक कार्यक्रमकाबीच बोल्दै कसैले राष्ट्रियतामाथि प्रश्न उठाउँदा निकै पीडा हुने भन्दै भने, ‘मैले भारतीय पासपोर्टको लागि निवेदन दिएको छु । म भारतीय भइकन पनि अरुलाई भारतीय हुँ भनेर प्रमाणित गर्नुपर्दा निकै दुख लाग्छ । मेरी श्रीमती, मेरा छोराछोरी भारतीय हुन् । म कर पनि यही तिर्छु र मेरो जिन्दगी पनि यहीको हो ।’
अक्षयसँग क्यानडाको नागरिकता छ । यसैकारण उनीमाथि थुप्रै टिकाटिप्पणी हुने गर्छ । उनले क्यानडाको नागरिकता पाउनुको कारण बताउँदै भने,‘ एक समय थियो । जब एक पटक मेरो १४ वटा फिल्म फ्लप भएको थियो । त्यसपछि मलाई के गरुँ ? भन्ने लाग्यो । त्यसपछि मेरो नजिकको साथीले क्यानडा आएर काम गर्न सल्लाह दियो ।  त्यसपछि मैले क्यानडाको पासपोर्टको लागि तयारी सुरु गरेँ । तर मेरो १५ औँ फिल्म सफल भयो ।’

उनले अहिलेसम्म १५० वटाभन्दा बढी फिल्म खेलिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस