तनहुँ । बाँझो पाखामा हिमाल प्रस्ट देखिने स्थान भए पुग्ने, एक पटक रोपेर मल, जल गरेपछि समय ,समयमा किट्नाषक औंषधी राखिदिए फस्टाउने फलको रुपमा चिनिन्छ सुन्ताला । सुन्तला खेतीवाटै मनग्यै आम्दानी भएको महसुस् गरेका छन् तनहुका किसानले ।
अहिले उनीहरुको वार्षिक आम्दानीको बलियो स्रोत बनेको छ आफ्नै बाँझो बारीमा फलेको सुन्ताला । बार्षिक लाखौं रुपैयाँ बटुलेका तनहुँका कृषक यसपालि पनि अन्य काम छाडेर सुन्तला खरिद बिक्रीमा ब्यस्त छन् । कात्तिकपछि तनहुँका कृषकहरुलाई सुन्तला विक्री वितरणमा भ्याई नभ्याई भएको छ । कर्म गरे फल अवश्य मिल्छ भन्ने उदाहरण तनहुँका कृषकहरू बनेका छन् । तनहुँ स्थित म्याग्दे गाँउपालिका –२ खानीगाँउका पौरखी कृषक विश्वबहादुर अधिकारीले यस बर्ष सुन्तला विक्रीबाट ४० लाख कमाए । उनका भाई निर्मल अधिकारीले १८ लाख आम्दानी गरेको बताए ।
किसान मारमा छन्
कृषक अधिकारी भन्छन् ‘सुन्तलामा ग्रिनिङ भईसर ठुलो चुनौती बनेको छ । सुन्तलाको उचित संरक्षण र ब्ब्यबस्थापन नहुँदा अधिकांश भूभागमा सुन्तलाको बोट जरैदेखि मरेर जाने समस्या छ ।’
बोटका डाँठ र पातमा भाईरसको प्रकोप भए नभएकोप्रति कृषक चनाखो हुनु पर्ने उनको भनाई छ । सोही गाँउपालिकाका सुकनारायण श्रेष्ठले आफ्नो ४० रोपनी क्षेत्रफलमा ८ सय ७५ वटा सुन्तलाको बोटबाट ५० लाख भन्दा बढस्ीको सुन्तला विक्री गरेको बताए । उनले दुई वर्ष अघि ३७ लाखको सुन्तला विक्री गरेका थिए भने गत बर्ष ३१ लाखबराबरको सुन्तला विक्री गरेका थिए । यस बर्ष भने मौसम अनुकूल हुँदा १९ लाख बढी कमाई गरेको बताए ।
बोटबाटै चोरी हुन्छ
सुन्तला बगान आसपासका स्थानहरुमा घरहरु पातला भएका कारण पटकपटक सुन्तला बोटबाटै चोरी हुने भए पछि श्रेष्ठले सिसिक्यामेरा राखेका छन् । ‘सबैतिर नजर पुर्याउन सकिँदैन सिसिक्यामेरा राखेपछि हेरविचारमा सहज भएको छ ।’ उनले भने । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ मंसिर २०७६, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
नवलपुरमा ९ करोडको सुन्तला उत्पादन
सुन्तला बिक्रीबाट पाल्पामा भित्रियो ५२ करोड ७६ लाख
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री