भ्रमण वर्ष २०२० लाई भव्य बनाउन महानगरको विशेष योजना, कसले के जिम्मेवारी पाए ?

प्रकाश सिग्देल

शुक्रबार, २० मंसिर २०७६, १८ : ०६
भ्रमण वर्ष २०२० लाई भव्य बनाउन महानगरको विशेष योजना, कसले के जिम्मेवारी पाए ?

– प्रकाश सिग्देल

चितवन । नेपाल भ्रमण वर्ष २०२० मुल समाहरोह आयोजक समितिको दोस्रो बैठक भरतपुरमा सम्पन्न भएको छ । बैठकमा  पर्यटकीय क्रियाकलापको योजना सार्वजनिक गरिएको थियो । कुन निकायको के दायीत्व रहने र त्यो काम कति मिति सम्ममा पुरा गर्ने भन्ने विषयमा बैठकमा ठोस योजना र कार्य बिधि समेत प्रस्तुत गरिएको थियो । कार्तिक मसान्तदेखि २०७७ पौष मसान्त सम्मको कार्य योजना पेश भएको थियो । 

बैठकमा भरतपुर महानगरका प्रमुख प्रसाशकीय अधिकृत प्रेमराज जोसीले कार्ययोजना सहित अधिकार प्राप्त निकाय र त्यसले गर्ने जिम्मेवारीका विषयमा सहभागिलाई प्रकास पार्नु भएको थियो । कार्तिक मसान्तभित्र नेपाली र अंग्रेजी भाषामा व्रोसर निर्माण गर्ने, पोखरा महानगर पालिकासँग समझदारी, भ्रमण वर्षको क्रियाकलापको क्यालेन्डर निर्माण, टुर प्याकेज निर्माण, लुम्बिनी सांस्कृतिक नगरपालिकासँग समझदारी गर्ने जिम्मा भरतपुर महानगरले पाएको छ । कार्तिक मसान्तदेखि पौष मसान्तसम्म महानगरले यी काम गर्नु पर्ने छ ।

त्यस्तै रोटरी क्लव र उद्योग वाणिज्य संघले होडिगंवोर्ड, एरो वोर्ड, डिजिटल वोर्ड मंसिर मसान्तसम्म निर्माण गर्ने, प्रचारप्रसार सामाग्री, टोपी, टिर्सट, स्टीकर, लोगो, मायाको चिनो, पौष १५ सम्म उद्योग वाणिज्य संघ, उद्योग संघ, क्षेत्रीय होटल संघ लगायतले निर्माण गर्ने, पौष १५ सम्म व्यवसायीले छुट तथा सहुलियत घोषणा गर्ने उल्लेख छ । त्यस्तै पत्रकार महासंघ पर्यटन समिति र होटल व्यवसायीले महानगरका गनतव्यको भ्रमण तथा प्रवद्र्धन गर्ने, माघ ५ देखि १५ सम्म संघ संस्थाको सहकार्यमा लुुम्बिनी कार ¥याली गर्ने, भरतपुर विमान स्थलले पौष मसान्तसम्म पर्यटक सुचना डेक्स स्थापना गर्ने, पौष मसान्तसम्ममा भरतपुर महानगर र जनसहभागीतामा नेपाल भ्रमण वर्ष २०२० को स्तम्भ निर्माण गर्ने, माघ मसान्तसम्म उद्योग संघ र ¥याफ्टिङ्ग एसोसियसनले डुंगा दौड तथा ¥याफ्टिङ्ग प्रतियोगिता गर्ने उल्लेख छ । 

त्यस्तै मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले माघ २९ गते विश्व सिमसार दिवस मनाउने, माघ मसान्तसम्म चितवन राष्ट्रिय निकुञ्जले गोही छाड्ने, हेरिटेज म्याराथुन गर्ने, चितवन साईकल राईडर्स क्लवले फागुन मसान्तसम्म साईकल ¥यालि गर्ने, चैत्र मसान्तसम्म जिल्ला खेलकुद समितिले रिभर बिच खेलकुद गर्ने, देवघाट क्षेत्र विकास समितिले योगा ध्यान आरती गर्ने, वैशाख १ गते निजी क्षेत्र र होटल व्यवसायीले नयाँ वर्ष कार्यक्रम गर्ने जेठ मसान्तसम्म भरतपुर महानगर र स्कुलहरुले दिगो पर्यटन विकासका लागि व्यक्तित्व कला गर्ने, अषाढ १५ गते वडाहरुमा धान दिवस मनाउने, श्रावण मसान्तसम्म वृक्षारोपण गर्ने रहेको छ ।

त्यस्तै आश्विन ११ गते चितवन पर्यटन विकास समितिले विश्व पर्यटन दिवस मनाउने, वैशाख १५, भाद्र १५ र पौष १५ गते भरतपुर महानगरपालिका, पर्यटन उ वा संघ र चितवन उद्योग संघले चौमासिक पर्यटन पत्रिका प्रकाशन गर्ने, निजी क्षेत्र तथा पर्यटन समितिहरुको आयोजना अनुसार मेला महोत्सव, फुड फेस्टिवल लगाउने, हरेक महिना भरतपुर महानगरपालिका र वडाहरुमा सरसफाइ कार्यक्रम १२ पटक अलग स्थानमा, ५ पटक वडाहरु अन्तक्रिया कार्यक्रम पहाड क्षेत्र, धार्मिक क्षेत्र, सहरी क्षेत्र, ग्रामीण क्षेत्र तथा संरक्षित क्षेत्र,  वैशाख १५ भाद« १५ र पौष १५ गते नेपाल भ्रमण वर्ष २०२० समन्वय तथा सहजिकरण समितिले चौमासिक मूल्याङ्कन गर्ने  र पौष मसान्त २०७७ मा नेपाल भ्रमण वर्ष २०२० समन्वय तथा सहजिकरण समितिद्वारा समापन गरिने उल्लेख छ ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख रेनु दाहालले यी कार्यक्रमलाई व्यवस्थित तवरबाट सञ्चालन गरी पर्यटन वर्षलाई फलदायी बनाउनु पर्ने बताउनु भयो । उहाँले महानगरले आवश्यक सहकार्य, समन्वय र सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनु भयो ।

यस अघि नै महानगरका २७ पर्यटकीय गन्तव्य समेत सार्वजनिक भईसकेका छन् ।  कार्यक्रममा व्यवसायीहरुले चितवनमा जति सक्दो धेरै पर्यटक भित्र्याउने र बसाई लमभ्याउने गरी योजना बनाएर सबै लाग्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस