डोटी । जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।
मृत्यु हुनेमा जोरायल ४ बस्ने २१ वर्षीय जीप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । जीप के कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन