बलिउड अभिनेता ‘रितिक रोशन’ एसियाकै सेक्सी पुरुष

एजेन्सी

विहीबार, १९ मंसिर २०७६, ०९ : ५६
बलिउड अभिनेता ‘रितिक रोशन’ एसियाकै सेक्सी पुरुष

एजेन्सी । बलिउडका चर्चित अभिनेता रितिक रोशन यो वर्ष एशियाकै सबैभन्दा सेक्सी पुरुषको उपाधी आफ्नो पोल्टामा पारेका छन । 

बुधबार लंडनमा आयोजित कार्यक्रममा विश्वभरि गरिएको सर्वेक्षण सार्वजनिक गर्दै रितिक सेक्सी एसियन मेल २०१९ भएको घोषणा गरिएको छ । बेलायती समाचार साप्ताहिक ईस्टर्न आईले गरेका सर्वेक्षणमा ४५ वर्षिय रितिक सबैभन्दा सेक्सी एशियन मेल सूचीको शीर्ष स्थानमा परेका हुन् । रितिकले यो स्थान विश्वव्यापी सर्वेक्षणको दौरानबाट आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । विगतका वर्ष यो सुचीमा दरिनेहरु मध्ये यस वर्ष उनले दोब्बर मत पाउन सफल भएका छन् । 

समाचार एजेन्सी पीटीआईसंगको कुराकानीमा रितिकले सर्वेक्षणमा आफुलाई मतदान गर्नेहरुलाइ धन्यवाद दिदै भनेका छन् । ‘म कसैको पनि उसको लुकमा इन्साफ गर्दिन, त्यसैले मैलेआफ्नो लुकमा कहिल्यै ध्यान दिइन् । कुनै पनि व्यक्तिको कथाले मलाई आकर्षण गर्छ ।’

गत वर्ष यो उपाधी पाएका बलिउडका अभिनेता शाहिद कपुर यसवर्ष दोश्रो स्थानमा झरेका छन् भने टिभि अभिनेता भिभियन डोसेना तेश्रो र बलिउडकै अर्का कलाकार टाईगर श्राफ भने यो सुचीको शिर्ष १० मा पर्न सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस