काठमाडौं । नेपाली सुटिङ खेलाडीसँग रहेको २० वर्ष पुराना हतियार नपड्किएपछि पाकिस्तानी खेलाडीसँग मागेर खेल्न परेको छ । बुधबार महिलाको २५ मिटर स्ट्यान्डर्ड पस्तोलमा नेपालकी सीमा तुलाधर पेस्तोल नपड्किएकै कारण लज्जित हुनुप(यो ।
पहिलो फायरमै सीमाको हतियार चलेन, अन्य देशका खेलाडी आफ्नो खेलमा केन्द्रित हुँदा सीमाले पिस्तोलमा गोली लोड गर्नमै संघर्ष गर्नुप९यो । मंगलबार भएको पुरुषतर्फको २५ मिटर ९यापिड फायरमा पनि समस्या उस्तै थियो । तीन नेपाली खेलाडीका लागि एउटा मात्रै हतियार थियो ।
पहिलो राउन्डको खेलमा विजय कार्की एक्लैले हतियार लिएर खेले । त्यसपछि नेपालका अन्य दुई खेलाडी सुमन तुलाधर र अनिल ठकुरीले एकसाथ प्रतिस्पर्धा गर्नुपर्ने भयो, उनीहरूले बाध्य भएर पाकिस्तानी खेलाडीसँग हतियार मागेर खेले । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १९ मंसिर २०७६, ०७ : ३२
लेखकबाट थप