नेता ठेकेदार भएका योजना अलपत्र

पत्रपत्रिकाबाट

बुधबार, १८ मंसिर २०७६, ०८ : २४
नेता ठेकेदार भएका योजना अलपत्र

file photo


काठमाडौं । नेता ठेकेदार भएका योजना अलपत्र हुने गरेको समाचार नयाँ पत्रिकाले छापेको  छ । ओखलढुंगामा पूर्वाधार विकासका दर्जनभन्दा बढी योजना अलपत्र छन् । विभिन्न राजनीतिक दलका नेता ठेकेदार बनेर ठेक्का लिएका योजना अलपत्र परेका हुन । ठेक्का लागेका जिल्लाको मुख्य तथा सहायक सडक निर्माण देखि पक्की पुल, शिक्षा र स्वास्थ्यका भवन सहितका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन् ।

कतिपय योजनाको काम तोकिएको समय सकिँदासम्म सुरु नै भएका छैनन् । अधिकांश योेजना अलपत्र छन् । यी सबै अलपत्र योजनाका ठेकेदार नेता हुन् । १० वर्षअघि तत्कालीन स्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेले रामेछापको साँघुटारमा शिलान्यास गरेको साँघुटार–घोराखोरी–ओखलढुंगा–सिलौरीघाट सडक अलपत्र छ । कांग्रेस नेता कान्छाराम तामाङ, जितबहादुर श्रेष्ठसहितका निर्माण व्यवसायीले जिम्मा लिएको उक्त सडकमा भएको कामसमेत गुणस्तरीय नभएको संघीय संसद्को विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बताइन् ।

नेता नै ठेकेदार रहेको र अलपत्र परेको अर्को योजना हो, मान्द्रे दोभानमा निर्माणाधीन पक्की पुल ।  ठेकेदार राजेन्द्र–लोकप्रिय जेभीका भीमबहादुर साउद कांग्रेस नेता हुन् । उनी अहिले डडेल्धुराको परशुराम नगरपालिकाका मेयर छन् । मोलुङ–एकवार सडकअन्तर्गतको मोलुङ दोभानमा अर्को सडक पुल निर्माणको काम अलपत्र छ । वाइबा–केउरिनी जेबी कन्स्ट्रक्सनका ठेकेदार रवीन्द्र लामा कांग्रेस नेता हुन् । 
 

प्रतिक्रिया दिनुहोस