अभिनेता बरुणलाई कारको ढोकाले बचायो

एजेन्सी

सोमबार, १६ मंसिर २०७६, ०८ : ३२
अभिनेता बरुणलाई कारको ढोकाले बचायो

मुम्बुई । बलिउड अभिनेता बरुण धवनलाई आफ्नो नयाँ फिल्म कुली नम्बर १ को छायांकनको क्रममा भएको कार दुर्घटनामा कारको ढोकामा अड्किएर बाँचेका छन् । 

यो चलचित्रलाई बरुणका बुबा डेविड धवनले निर्देशन गरिरहेका छन् । फिल्ममा कारलाई भट्टाने भिरमा कुदाउनु पर्ने दृश्य दिने क्रममा भीरबाट कार तल खसेको निर्देशक धवनले बताए । सो क्रममा कार भिरमा अड्किँदै गर्दा बरुण कारको सिटमा फसेको दृश्यले निकै डराएको पनि निर्देशक धवनले बताए । 

भीरमा अड्केको कारणको सिटमा पसेका ढोका नखुलेका कारण बरुण कारणको ढोकामा अड्किएको र त्यतिबेला कारको ढोका खुलेको भए बरुण सोझै तर खोँचमा झर्ने र त्यतिबेला जे पनि हुनसक्ने घटना निर्देशक धवनले बताए । 

प्रतिक्रिया दिनुहोस