काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ मा विद्युत् सर्ट भएर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
विद्युत् सर्ट भएर आगलागी हुँदा सभापोखरी–२ ज्यामिरेका ध्वजवीर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार दिउँसो १२ बजे राईको घर जलेर नष्ट भएको हो । आगलागीबाट नगद तीन लाख, पाँच तोला सुनका गरगहना, ल्यापटप, साउन्ड सिस्टम, अन्नपात, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । १२ बजे लागेको आगो ३ बजे स्थानीयवासी र प्रहरीले नियन्त्रण लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ मंसिर २०७६, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि