निर्मला हत्या प्रक्ररण : दोषी जोगाउने कसरतमा किन लागे देउवा ?

सफल खबर संवाददाता

शुक्रबार, १३ मंसिर २०७६, ११ : ३१
निर्मला हत्या प्रक्ररण : दोषी जोगाउने कसरतमा किन लागे देउवा ?

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी अझै पत्ता लागेको छैन । घटना भएको डेढ वर्ष पुग्नै लाग्दासमेत प्रहरीले अपराधीको भेउ पाउन सकेको छैन । 

निर्मला हत्या पक्ररण नेकपा नेतृत्वको वर्तमान सरकारलाई सबैभन्दा पोलेको विषय बनेको छ ।  प्रहरी प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नै कार्यकालमा निर्मला हत्या पक्ररणका दोषी पत्ता लाग्ने जिकिर गरिरहँदा अनेकौँ किसिमका चलखेल भइरहेको खुलासा हुन थालेका छन् । 

यस घटनालाई नेपाल प्रहरीले सो घटनाका सम्बन्धमा दर्जनांै अनुसन्धान ग¥यो । तर हालसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन । सोही घटनामा जोडिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिलीप सिंह विष्टलाई जोगाउन अनेक किसिमका प्रपन्चहरु रचिएका छन् । विष्टलाई जोगाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै लागिरहेको खुलासा भएको छ । 

तथ्य र प्रमाणहरु देउवा नै विष्टलाई जोगाउन कसरत गरिरहेका छन् । सो घटनाका दोषी देखिएका विष्टलाई कारवाही नगर्न र कारवाहीको प्रक्रिया नै सुरु नगर्न दबाव दिएर नेकपाको सरकार माथि विरोधको रोटी सेक्न काँग्रेस क्रियाशील रहेको देखिन्छ । नेपाल प्रहरीको उच्च स्रोतका अनुसार विष्ट नै सो घटनाको प्रमुख दोषी हुन् ।

निर्मला हत्या प्रकरणलाई गलत दिशामा मोडेको भन्दै अदालतले पत्रकार खेम भण्डारीलाई एक घन्टाको जेल सजाय समेत तोकेको थियो । उनले सजायको भुक्तान समेत गरिसकेका छन् । तर काँग्रेसका कारण विष्टलाई पक्राउ गर्न डराएको प्रहरी अब भने करिबकरिब निष्कर्षमा पुगेको स्रोत बताउँछ । प्रहरी प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही दिन पहिले गरेको सुदूरपश्चिम भ्रमणमा यस कुराको पुष्टि गरिसकेका छन् । 

उच्च स्रोतका अनुसार विष्टलाई जोगाउन काँग्रेस सभापति देउवा, काँग्रेस नेता रमेश लेखकदेखि सम्पूर्ण पंक्ति नै लागेको पत्ता लागेको छ । दोषी देखिएका एक प्रहरी त्यो पनि पूर्व भइसकेकाले जोगाउन किन लागिपरे भन्ने कोणबाट अनुसन्धान सुरु भएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई तत्कालीन प्रहरी प्रमुख विष्टलाई घटनास्थललाई सामान्य बनाउन लागिपरेको आरोप छ । 

अपराध कर्ममा जोडिएका विष्टलाई जोगाउन प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति नै किन लागे त भन्ने विषयबाट अनुसन्धान शुरु गर्दा केही न केही निष्कर्षमा पुग्छौँ भन्ने लागेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए । नियमित प्रक्रिया अन्तर्गत केही महिनामा प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाल सेवानिवृत्त हुँदैछन् ।

आफ्नो कार्यकालमा धेरै प्रकरणमा उल्लेख्य नतिजा निकालेका खनालको दाँतमा लागेको ढुंगो बनेको छ निर्मला हत्या पक्ररण । आईजी खनालले सकभर यो प्रकरणलाई पनि आफ्नो कार्यकालमा नै टुंगो लगाउने गरी काम भइरहेको र असाध्यै नजिक पुगेको दावी गर्दै आएका छन् । 

पछिल्लो पटक रौतहटको राजापुर विस्फोट र हत्या प्रकरणमा सांसद महोम्मद अफताब आलम, बालक अपहरणका दोषाी पक्राउलगायतका काममा सफलता हासिल गरिसकेको प्रहरीले कृषि विकास बैंकको रकम ठगी, एटिएम ह्याकिङलगायतका काममा पनि सफलता पाइरहेको छ । सरकारको सुरक्षा चुनौतिका रुपमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कतिपय हिंसात्मक गतिविधि रोक्नका लागि पनि सरकारले प्रभावकारी कदम चालेको छ । देशैभरी विप्लवका कार्यकर्ता पक्राउ गरिरहेको छ । 

निर्मला पन्त प्रकरण टुंगो लगाउन पनि सरकारले पनि दृढता देखाएको छ । हालै मात्र सुदुरपश्चिमको भ्रमणका क्रममा उनले केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुख डिआईजी निरज शाहीलाई लिएर महानिरीक्षक खनालले भ्रमणसमेत गरेका थिए ।  पन्त प्रकरणको अनुसन्धानको प्रगति विवरण बुझ्दै सीआईबीलाई सक्रिय हुनका लागि पनि उनले निर्देशन दिएका थिए । कुनै तलमाथि नभएको खण्डमा केही दिनभित्रै बलात्कारको प्रकरणका दोषी पत्ता लगाउन सकिने प्रहरी स्रोतको दावी छ । 
 

प्रतिक्रिया दिनुहोस