चालकले कहिल्यै चाहेर दुर्घटना गराउँदैनन्, तर सबैले दोषी उनैलाई देख्छन्

पत्रपत्रिकाबाट

विहीबार, १२ मंसिर २०७६, ०८ : २९
चालकले कहिल्यै चाहेर दुर्घटना गराउँदैनन्, तर सबैले दोषी उनैलाई देख्छन्

File photo

काठमाडौं । पृथ्वी शाहीले बस चलाउन थालेको १८ वर्ष भयो । दशकयता उनी सुर्खेत–काठमाडौं रात्रिबस चलाइरहेका छन् । पेसागत जीवनमा दुर्घटना सामना नगरेका उनले यात्राका क्रममा धेरै दुर्घटना भने देखेका छन् । उनको अनुभवले भन्छ– चालकले कहिल्यै चाहेर दुर्घटना गराउँदैनन्, तर सबैले दोषी उनैलाई देख्छन् ।
काँकडभिट्टा–नारायणगढ रुटका चालक शालिग्राम काफ्ले २१ वर्षदेखि रात्रिबस हाँक्दै आएका छन् । सर्वसाधारण मात्र होइनन्, ट्राफिक प्रहरीको अध्ययनले समेत अधिकांश सडक दुर्घटनाको कारण चालकको लापरबाहीलाई देखाएको छ । गत आर्थिक वर्षमा मुलुकभर १३ हजार ४ सय २१ सवारी दुर्घटनामा २ हजार ७ सय ६२ को मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार ९ हजार ९ सय ४० दुर्घटनाको कारण चालकको लापरबाही थियो । शाही यो तथ्य स्वीकार्न तयार छन् । तर उनको प्रश्न छ, ‘चालकलाई दुर्घटनाको डिलमा पुर्‍याउन बाध्य तुल्याउने पक्षलाई किन बेवास्ता गरिन्छ ?’
कान्तिपुर दैनिक लेख्छ (सरकारले लामो रुटका बसमा दुई जना चालक अनिवार्य गरे पनि व्यवहारमा लागू भएको छैन । खर्च बढ्छ भनेर बसधनी एउटै चालकलाई गाडी कुदाउन बाध्य पार्छन् ।)

प्रतिक्रिया दिनुहोस