विदेशी समुद्रमा नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज

विहीबार, १२ मंसिर २०७६, ०७ : ३०
विदेशी समुद्रमा नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज

 काठमाडौं । तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको खबर राजधानी दैनिकमा छापिएको छ । 
राजधानीमा बुधबार सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा यस्तो सहमति भएको हो । नेपाली झण्डासहितको पानीजहाज सञ्चालनपछि आयात निर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ । 
नेपालको पारवहन तथा आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धि प्रोटोकल मा जलमार्ग एवम् बहुविधिक रुट दुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस