काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । अध्यक्ष दाहालले आज साँझ प्रधानमन्त्री उपचाररत त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगी प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यअवस्था बुझ्नुभएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकले अध्यक्ष दाहाललाई अवगत गराउनुभएको थियो । चिकित्सकले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने बताउनुभएको अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएपछि उहाँ बिहान शिक्षण अस्पताल जानुभएको थियो । प्रधानमन्त्रीको आजै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न हुनुहुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गाैलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १० मंसिर २०७६, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद
नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइयो, यो देशको हितमा छैन: प्रचण्ड