सचिव डा. पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन

पत्रपत्रिकाबाट

मंगलबार, १० मंसिर २०७६, ०७ : ५५
सचिव डा. पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन भएकी छन् । मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ।

गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी डा.चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ। उनको राजीनामा भने मन्त्रीपरिषद्ले अस्वीकृत गर्दै फिर्ता मन्त्रालयमा पठाएको छ। १७ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले डा। चौधरीको राजीनामा अस्वीकृत गरेको थियो। राजीनामा अस्वीकृत एक साता बितिसकेको छ।

सचिव डा।चौधरीको मोबाइल स्वीच अफ रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा जागिरका लागि उनले निवेदन दिएको स्रोतले बतायो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस