काठमाडौँ । सरकारी कागजात सच्याई कानून विपरित नागरिकता जारी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आठ जनामाथि भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
दुई फरक मुद्दामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र नासु चन्द्रदेव ठाकुर दोहोरिएका छन् ।वीरगञ्ज महानगरपालिका–२ मा सबरुन खातुन र आरिफ हुसेनलाई कानून विपरित नागरिकता प्रमाणपत्र दिएको आरोपमा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडल, प्रशासकिय अधिकृत सदनकुमार कर्ण, नासु चन्द्रदेव ठाकुर र वडाध्यक्ष शेख अब्बासलाई भ्रष्टाचारमुद्दा लागेको हो । नागरिकता लिने सबरुन खातुन र आरिफ हुसेनलाई पनि अख्तियारले मद्दा चलाएको छ ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका १५ मा ममता कुमारी गुप्तालाई नागरिकता दिएको आरोपमा सहायक प्रजिअ पौडेल अनि नासु ठाकुर सहित वडा नम्बर १५ का वडाध्यक्ष गजेन्द्रप्रसाद कुर्मी अनि नागरिकता बनाउने ममता कुमारी गुप्तालाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १० मंसिर २०७६, ०६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार आरोपमा नौ जनाविरुद्ध मुद्दा
मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५१ करोडको मुद्दा दायर
सुशासनको निम्ति सबैभन्दा पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ : श्रीकृष्णप्रसाद अधिकारी
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा