काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनर्वाचनमा कसरी परिचालन हुने, निर्वाचनका दिन प्रतिनिधि बस्नेदेखि मतगणना सम्ममा निष्पक्षरुपमा कसरी काम गर्ने भन्नेबारेमा नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
निर्वाचनमा खटिने स्वयंसेवक, प्रतिनिधि, पर्यवेक्षकदेखि मतगणनामा बस्नेलगायत निर्वाचनमा परिचालन हुनेलाई निष्पक्षरुपमा मतदान सम्पन्न गराउन खेल्ने भूमिका बारेमा जानकारी दिन प्रशिक्षण दिएको नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति जीवन खत्रीले जानकारी दिनुभयो ।
काँग्रेसले चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिकाको १० नं वडाका वडा सभापति, सह–सभापति, बुथ संयोजक, सदस्य, क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यलाई प्रशिक्षण दिएको खत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी उपनिर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित गराउन निर्वाचनका रणनीति र योजना, बुथ संयोजक तथा प्रतिनिधिको काम, कर्तव्यबारे नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य सीता गुरुङ, डा चन्द्र भण्डारी, गुरुराज घिमिरे र नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोदप्रकाश कायस्थले प्रशिक्षण दिनुभएको छ ।
त्यस्तै अधिवक्ता विवेकराज ढुङ्गेलले समसामयिक राजनीतिक सन्दर्भ र चुनावी मुद्दा, निर्वाचन कानून र बुथ एजेण्टले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणका क्रममा जिल्ला सभापति दुर्लभ थापाले उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०९ मंसिर २०७६, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
आतंकवादको विरोधमा हुने कारबाही जायज: कांग्रेस
राजेन्द्र लिङ्देनको भनाइमा कांग्रेसको आपत्ति
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस