इनरुवा । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र मेहताले सरकार न छोडसम्म समाजवादी पार्टीसँग एकता नहुने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आज सञ्चारकर्मीसँग कुराकानी गर्नुहँुदै उहाँले अहिले देशमा पहिचानवादी शक्तिबीच एकताको आवश्यकता रहेको बताउनुभयो ।
संयोजक महतोले भन्नुभयो, “पहिचानवादी शक्तिबीचको एकताको आवश्यकता महसुस गरेर आफूहरु समाजवादी पार्टीसँग एकताको प्रयास गरेको र सो पार्टी जबसम्म सरकारबाट बाहिर निस्कँदैन तबसम्म एकता सम्भव हुँदैन ।”
अहिले देशमा राष्ट्रिय आन्दोलनको आवश्यकता भएकाले सबै पहिचानवादी शक्ति एक भएर आन्दोलन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले समाजवादी पार्टी सरकारबाट बाहिरिए राजपा सरकारमा जाने त्रासका कारण उपेन्द्र यादवले मन्त्री पद नछोडेको आरोप लगाउनुभयो ।
उहाँले कुनैपनि हालतमा राजपा अहिले सरकारमा नजाने दाबी गर्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने
रिंकु सदाको मृत्यु प्रकरण अपराधीलाई संरक्षण दिन खोजिँदैछ : राजेन्द्र महतो
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो