यसकारण देखिन छाडे सडक बालबालिका

पत्रपत्रिकाबाट

आइतबार, ०८ मंसिर २०७६, ०७ : ४४
यसकारण देखिन छाडे सडक बालबालिका

File photo

काठमाडौँ । ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन’ भन्ने अभियानका साथ सञ्चालन गरिएको उद्धार कार्यबाट हालसम्म सडकका एक हजार ११ जना बालबालिकाले सुरक्षित आश्रय पाएका छन् । कतिपय बालबालिका परिवारमै पुनर्मिलन पनि गराइएको छ ।

हालै सार्वजनिक ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन’का अनुसार गत असार मसान्तसम्म सडक बालबालिका भेटिने राजधानी लगायतका जिल्लाबाट उद्धार गरिएका बालबालिकाको सङ्ख्या हो त्यो, त्यसमध्ये ३०३ बालक र १०८ जना बालिका छन् ।

सरकारले ‘सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी गरी आर्थिक वर्ष २०७३/७४ देखि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका सडक बालबालिकालाई संरक्षणका लागि उद्धार गर्न थालेपछि अहिले सडकमा बालबालिका देखिन छाडेका छन् । हाल सडक बालबालिकाको व्यवस्थापन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व, राष्ट्रिय बालअधिकार परिषद्को संयोजनमा नेपाल प्रहरी र विभिन्न सङ्घसंस्थाले गर्दै आएको छ ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस