डेढ वर्ष असहज महसुस भयो : प्रचण्ड

पत्रपत्रिकाबाट

आइतबार, ०८ मंसिर २०७६, ०७ : ४५
डेढ वर्ष असहज महसुस भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले गरेको पछिल्लो निर्णयले दुवै अध्यक्षलाई कार्यकारी भएको फिलिङ आएको बताएका छन् । कान्तिपुर दैनिकलाई दिएको अन्तरवार्तामा प्रचण्डले भनेका छन्,

गएको डेढ वर्षमा मचाहिँ कार्यकारीजस्तो थिइनाँ । मलाई ‘फिल’ पनि कार्यकारीजस्तो भएन । मलाई असहज जस्तो भएको थियो । अब चाहिँ सहज भयो । दुवै अध्यक्षलाई आफू कार्यकारी भएको फिलिङ आयो । अब मैले पार्टी बैठकको अध्यक्षता गर्छु, देशभरिको पार्टी संगठन सञ्चालन गर्छु । त्यो गर्दाखेरि कमरेड केपी ओलीको सहमति लिन्छु नै । हिजो उहाँ हुँदा पनि मेरो सहमतिबिना त गर्न मिल्दैनथ्यो ।

प्रतिक्रिया दिनुहोस