काठमाडौं । विलासी र निष्क्रिय जीवनयापन गरिरहेका सहरियालाई नसर्ने रोगको जोखिम बढेको छ। सन्तुलित भोजन र व्यायाम नगर्ने तर सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई उच्च रक्तचाप, हृदयाघात, क्यान्सर, फ्याटी लिभर, मधुमेह, दम र मिर्गौलाको समस्या देखिएको चिकित्सकहरू बताउँछन्।
दाहिने कोखमा असाध्यै दुखेपछि यमनारायण शर्मा जँचाउन गए। अल्ट्रासाउन्ड गर्दा कलेजोमा बोसो जमेको देखियो। चिकित्सकले सोधे, ‘मदिरा सेवन गर्नुहुन्छ रु अब खानपान र व्यायाममा ध्यान दिनुस्।’ ४६ वर्षीय शर्मा अचेल मर्निङवाक जान थालेका छन्।
उनले भने, ‘कलेजोमा बोसो (फ्याटी लिभर) को समस्या देखियो। व्यायाम नगरी सुखै पाइएन।’ वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा। अखिलेशकुमार कश्यपका अनुसार बसाइँ सरेर आउने र जागिरे जीवन बिताइरहेका सहरियाको कलेजो बिग्रन थालेको छ। घरबाहिर खानपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिमा कलेजोको समस्या देखिएको डा। कश्यप बताउँछन्।अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ मंसिर २०७६, ०७ : ३३
लेखकबाट थप