पूर्वयुवराज्ञी हिमानी शाहद्वारा शैक्षिक सामग्री वितरण

सफल खबर संवाददाता

शनिबार, ०७ मंसिर २०७६, १५ : ३९
पूर्वयुवराज्ञी हिमानी शाहद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ । 
शनिवार काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय पुगी एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गर्नु भएको हो । छोरा हृदेयन्द्र, पूर्व राजकुमारी प्रेरणा शाहसहित राजपरिवारका अन्य सदस्यहरुले शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।  
लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिवीर पनि संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस