बालिका जबरजस्ती करणीको आरोपमा वृद्ध पक्राउ

शनिबार, ०७ मंसिर २०७६, ११ : ५६
बालिका जबरजस्ती करणीको आरोपमा वृद्ध पक्राउ

चितवन । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षिय दिलबहादुर गुरुङ रहेका छन् । 

Yeti Diistillery Tansen Cement box

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।  (रासस)