काठमाडौं । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले पाँच हजार १९४ एम्पुल लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलबाट मकवानपुरका २४ वर्षीय धनबहादुर वाइबा, ३६ वर्षीया सुनिता गोले र रत्नपार्कबाट ५५ वर्षीय रमेश शिवभक्तिलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले उपत्यकाका विभिन्न स्थानमा अवैध रुपमा लागऔषध कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ गरेका शिवशक्तिबाट डाइजेपाम १९४ एम्पुल, नुर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल तथा वाइबा र गोलेसँग डाइजेपाम एक हजार ४८७ एम्पुल, नुर्फिन एक हजार ५६४ एम्पुल, फेनारगन एक हजार ५७० एम्पुल र लागुऔषध नाइट्रोजेपाम पाँच हजार ५५० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका शिवभक्ति र वाइवा यसअघि लागऔषध कारोबारमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाही गरिने लामाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०६ मंसिर २०७६, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ